लगातार ३ दिन सार्वजनिक बिदा !

  • साझा डबली
  • मङ्लबार, पुस १०, २०७५
  • काठमाडौँ,  पौष १०। तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछारको अबसरमा तीन दिन बिदा हुने भएको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

    उक्त गाउँपालिका भित्रको सबै सरकारी निकाय र शैक्षिक संस्थाहरुलाई आगामी माघ २१, २२ र २३ गते विदा दिने निर्णय गरेको अध्यक्ष डि. बी. लामाले बताएका छन् ।

    उक्त गाउँपालिकामा ७० प्रतिशत भन्दा बढी तामाङ समुदाय रहेको छ ।

    त्यस कारण रोशी गाउँपालिकामा सोनाम ल्होछारलाई उत्सबको रुपमा मनाउने भएकोले विदा दिएको अध्यक्ष लामाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology