नेविसंघको महाधिवेशन पुन: सर्ने !

  • साझा डबली
  • आइतवार, पुस ८, २०७५
  • काठमाडौँ,  पुस ८ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन सर्ने स्थिति देखिएको छ । पुस २८ देखि ३० गतेको तोकिएको महाधिवेशन पाटीको महासमिति बैठकको कारण सर्ने संभावना बढेको हो ।

    महासमिति बैठकले नेविसंघको महाधिवेशन प्रभावित भएको छ । महाधिवेशनको लागि स्थानीय तह, निर्वाचनक्षेत्र, जिल्ला र प्रदेशको निर्वाचन टुंगिनुपर्छ ।

    तर नेविसंघको यी कुनै पनि क्षेत्रको अधिवेशन सकिएको छैन । तल्लो तहको अधिवेशन नभएकै कारण महाधिवेशन सर्ने अवस्था देखिएको हो ।

    नेविसंघ महाधिवेशनको लागि मङ्सिर २२ गतेभित्र देशभरका सबै माध्यमिक तथा उच्चमध्यामिक विद्यालयमा अधिवेशन गर्नुपर्ने सक्ने जनाएको थियो ।

    मंसिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन गर्नुपर्ने र पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन सक्ने उल्लेख गरेको थियो ।

    अध्यक्ष महरले पार्टीका नेताहरू महासमिति बैठकमा कारण गाउँ, वडा तथा जिल्ला अधिवेशन गर्न ढिलाइ भएको जानकारी दिए । महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता वितरण गरिसकेको उनको भनाइ छ ।

    पुस १४ भित्र सबै जिल्लाको अधिवेशन गर्नुपर्ने तथा पुस २० सम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने नेविसंघको महाधिवेशन कार्यतालिका छ । तर पुसकाे पहिलो साताभित्र सक्ने भनिएको अधिवेशन सबै सम्पन्न भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology