गोरखा,पुष ७। गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ मा दक्षिण एसियाकै ठुलो अनुमान गरिएको समीको रुख रहेको छ । यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यही रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने यहाँका स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लगि पर्न थालेका छन् ।
फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखे पछि अचम्ममा पर्ने गरेको स्थानिय बताउछन् । अहिले रुख हेर्नकै लागि मानिसहरु त्यहाँ पुग्न थालेका छन । यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् ।
हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानिय पर्यटन व्यावसायिहरुले पहल समेत सुरु गरेका छन् । स्थानियहरुको जनश्रमदानमा रुखको वरिपरि काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरिएको छ ।
करिब ३०० वर्ष पुरानो अनुमान गरिएको यो रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ । रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो ।







उत्पादन केन्द्रमा आउन निम्तो दिदै राजन दाहाललाई नेकपा नेताको खुला पत्र
तानाशाहको चुट्किलामा ताली पिटेर हर्षबढाइँ भइरहेको छ : रक्षा बम
भर्जिनियामा ट्रम्पको पार्टी पराजित, अबीगेल स्पानबर्गर निर्वाचित
एपीएफ क्लब झापा महिला गोल्डकपको सेमिफाइनलमा
राष्ट्रसंघीय सम्मेलनलाई राष्ट्रपति पौडेलको सम्बोधन
नेकपाद्वारा काठमाडौमा गरिने जनसभाको व्यापक तयारी
नयाँ कम्युनिस्ट घोषणापत्र सहितको एकता चाहिएको छ
‘जेनजी विद्रोह´को मर्म अनुसार राजनीतिक निकास खोज्नुपर्नेमा जोड
नेकपाले सर्वपक्षीय अन्तरिम सरकार निर्माणका लागि जनपरिचालन गर्ने
बैतडीमा जीप दुर्घटना,एक मृत्यु, चार घाइते