रुसी सैन्य विमान दुर्घटना हुँदा २ जना पाइलटको मृत्यु

  • एजेन्सी
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    सुखोई–३४ जेट “पहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।

    प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

    पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।

    जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो । -(रासस/एएफपी

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology