स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार

  • साझा डबली
  • शनिबार, जेष्ठ २६, २०८१
  • अछाम।सामान्य तरिकाले प्रस्तुती हुन नसक्दा हेलिकप्टरबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। अछाम जिल्ला तुर्माखाँद गाउँपालिका ०८ धमालीकी ३२ वर्षीय सेतु वि क को स्थानीय स्वास्थ्य संस्थामा प्रसूति हुन नसक्दा नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार उद्धार गरिएको हो।

    सामान्य प्रक्रियाद्वारा सुत्केरी हुने भन्दा अवस्था जटिल भएपछि उनलाई विषेशज्ञ सेवाका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरीएको धमाली स्वास्थ्यचौकी की वरिष्ठ अहेब शान्ति वि क ले जानकारी दिइन् । उनका अनुसार सुत्केरी हुने सम्भावित दिन भन्दा दुई हप्ता ढिलो भएको थियो र बच्चाको टाउकोको सट्टा नाल आगाडी आएकोले अवस्था जटिल हुन नदिन रिफर गरीएको थियो।

    वडा कार्यालय र स्वास्थ्यचौकीको समन्वयनमा राष्ट्रपति मातृ उद्दार कार्यक्रम मार्फत उद्दार गरिएकी सुत्केरी महिलाको सल्यक्रिया गरी बच्चा निकालिएको छ। अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अबस्था सामान्य रहेकाे पारिवारिक स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology