मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

  • साझा डबली
  • बुधबार, जेष्ठ २३, २०८१
  • काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भयका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन्।

    कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।

    विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले यही कार्यकालमा यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । यसपटक मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली कांग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। यस हिसाबले मुख्यमन्त्री आबद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्। सरकार निर्माणका लागि ५४ सांसदको समर्थन आवश्यक छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology