मुख्यमन्त्री सोडारी र नेकपा नेता भरत सी बीच भेटवार्ता,सुदुरपश्चिमको बिकासबारे कुराकानी 

  • धिरज प्रपाला
  • शुक्रबार, जेष्ठ १८, २०८१
  •  

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारी र नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सी विच भेटबार्ता भएको छ । शुक्रबार मुख्य मन्त्री सोडारीको सरकारी निबास धनगढीमा भएको भेटबार्ताका क्रम्मा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भरत सीले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताए ।

     

    कम्युनिस्टहरुलाइ सक्ने गरि साम्राज्यबाद अगाडि बढिरहेको बताउदै कम्युनिस्टहरुबीच एकता जरुरी भएको बताए । एकता मात्र होइन व्यबहारमा नयाँपन देखाउनेगरी अगाडि बढ्न जरुरी छ उनले भने । कम्युनिष्टहरुमा एकता नहुने हो भने नेपाल पश्चिम बङगाल,चिली अथबा पेरु बन्ने खतरा रहेको नेता भरतले बताए । उनले नेपाल कम्युनिष्ट पार्टीले जनश्रम सहकारी मार्फत देशैभरी काम गरी रहेको उल्लेख गर्दै आफुहरुले कृषि कार्य ,खेती र उद्योग सञ्चालन गरिरहेको बताए ।

     

    उत्पादन सामाजिक अभियान बन्नुपर्ने बताउदै उनले सरकारले सहकार्य गर्नु पर्ने बताए ।” हामीले पहल गरीरहेका छौ । सरकारले यसमा स्वामित्व लिन जरुरी छ नेता भरतले भने ।” अब देशको आर्थिक बिकासका लागि एकीकृत स्वामित्व अन्तर्गत जानु पर्ने बताउदै उनले सहकार्य बढाउनु पर्ने बताए । कृषि कार्यबाट फाइदा छैन भन्ने भाष्यलाई चिर्दै नेपाल कम्युनिष्ट पाटीले देशैभर नेता कार्यकर्ताहरुलाई उत्पादनसंङग जोडेको बताउदै उनले यसमा सरकारले स्वामीत्व लिनु पर्ने बताए ।

     

    प्रदेश सरकारले आगामी बर्षको लागि निति तथा योजना बनाउदै गरेको अवस्थामा गरिएको भेटबार्तामा नेता भरतले निति तथा योजना बनाउदा विचौलीयाहरुको साँठगाठ रोक्नु पर्ने सुझाव दिए । त्यसैगरी मुख्य मन्त्री दिर्घ सोडारीले सुदूरपश्चिम प्रदेश सरकारमा पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीबाट सिको गर्नु पर्छ भन्ने छलफल चलेको बताए । उनले कृषी क्षेत्रमा उत्पादन बढाउने गरी बजेट विनियोजन गरिने बताउदै पहाडमा भटमास र तराईमा धान र गहुँमा जोड दिने बताए ।

     

    त्यसैगरी फलफुल र अन्य तरकारी खेतीमा पनि सुदूरपश्चिम प्रदेश सरकारले विशेष चासो दिएर काम गर्ने मुख्य मन्त्री सोडारीले बताए । भेटबार्तामा नेकपाका कैलाली जिल्ला ईन्चार्ज तथा केन्द्रिय प्रकाश सी र युवासंगठन नेपाल सुदूरपश्च्मि प्रदेशका इन्चार्ज सुशिल सीको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology