आफ्नै सहयात्री र कम्युनिस्टलाई दुश्मन देख्नु पुरानो स्कुल

  • साझा डबली
  • सोमवार, बैशाख ३१, २०८१
  •  

    कञ्चनपुर।नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सेतीमहाकाली प्रदेश इन्चार्ज भरत सी `रणबीर´ले आफ्नै सहयात्री तथा एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्टलाई बर्ग बिरोधि जस्तो ठान्ने कुरा कम्युनिस्ट आन्दोलनको पुरानो र गलत स्कुल भएको उल्लेख गरेका छन।सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

     

    नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको साढे ७ दशक भै सक्दा समेत जनवादी/ समाजवादी क्रान्ति पूरा हुन नसकेको, कम्युनिस्टहरुको नेतृत्वमा बारम्बार सरकार सञ्चालन भएको भए पनि नेताहरूको आपसी इगोले आन्दोलनमा फुट र बिभाजन हुने समस्या रहेको बेला नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्टहरुबीच एकता र सहकार्यको पहल गर्ने निर्णय समेत गरेको छ।

     

    “कम्युनिस्टहरुका लिखित दस्तावेज अनुसार दलाल पुँजीवाद,सामन्तवाद र साम्राज्यवाद प्रमुख समस्या हुन।समाजको आर्थिक, सामाजिक रुपान्तरण र देशको स्वाधीनताको संघर्षमा अन्य राजनीतिक शक्ति भन्दा कम्युनिस्टहरुको नै अग्रणी भुमिका रहेकोले करिब दुई तिहाइ जनमत कम्युनिस्ट आन्दोलनको वरिपरि छ तर पनि समाजवादी क्रान्तिको आधार तयार हुन सकेन”- नेकपाका एक केन्द्रिय सदस्यले भने-” यसको प्रमुख कारण कम्युनिस्टहरुबीच एक अर्कोलाई शत्रुवत ब्यवहार गर्ने गलत स्कुलको समस्या छ, हामी अब न्यु कम्युनिस्ट स्कुलको बिकास गर्नुपर्छ भन्ने मान्यता राख्छौं ”

     

    कम्युनिस्ट पार्टीहरुबीच दीर्घकालीन उदेश्यमा भने समान धारणा छन , कतिपय तत्कालीन र कार्यनीतिक बिषयमा फरक फरक बुझाई हुन सक्छन् तर एउटा कम्युनिस्टका लागि अर्को कम्युनिस्ट पार्टी र नेताकार्यकर्ता दुश्मन हुन सक्तैनन् भन्दै सबै कम्युनिस्ट पार्टी र तिनका सकारात्मक योगदानको उचित मूल्याकंन गर्दै एकताको बाताबरण बनाउने र नमिलेका सवालमा स्वस्थ बहस, छलफल , अध्ययन र बिमर्शको तरिकाद्वारा अगाडि बढ्ने कुरालाई नेपाल कम्युनिस्ट पार्टीले न्यु कम्युनिस्ट स्कुलको रूपमा व्याख्या गरेको छ।

     

    कम्युनिस्ट पार्टी भित्र नेताकार्यकर्ता माझ बुझाइ, चेतना, कार्यशैली, संस्कारसंस्कृती र कार्यक्षमताबीच अन्तरहरु हुन्छन् , यसका आधारमा एक अर्कोलाई मुख्य समस्या देख्ने कुरालाई सच्याउनु पर्ने भन्दै नेता भारत सीले आफ्नो फेसबुक स्ट्याटस मार्फत पुरानो कम्युनिस्ट दृष्टिकोणलाई परिबर्तन गर्नुपर्ने कुरामा समेत जोड दिएका छन।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology