गृहमन्त्रीविरुद्ध कांग्रेसले फेरि गर्‍याे नाराबाजी र रोष्ट्रम घेराउ

  • साझा डबली
  • शुक्रबार, बैशाख २८, २०८१
  • काठमाडौं । १५ मिनेटका लागि स्थगित भएर फेरि सुरु भएको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसले अवरोध गरेको छ ।नाराबाजीसहित रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेको हो ।

    सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर नाराबाजी गरिरहेको छ ।

    सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology