बलात्कारको आरोप पक्राउ परेका राईलाई स्ववियुले गर्यो कारबाही

  • साझा डबली
  • बुधबार, कार्तिक १३, २०७६
  • काठमाडौं, कार्तिक १३ । बलात्कारको आरोपमा प्रकाउ परेका विद्यार्थी नेता इन्द्रहाङ राईमाथि कारबाही गरिएको स्ववियुले जनाएको छ ।

    आरआर क्याम्पसका स्ववियु सह–सचिव समेत रहेका राईलाई सम्पूर्ण जिम्मेवारीबाट हटाएको अध्यक्ष तपेन्द्र बहादुर शाहीले विज्ञप्ति मार्फत जानकारी दिनु भएको छ ।

    १८ बर्षीया एक युवतीमाथि राईले देउसी खेल्न भनेर बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेको उजुरीपछि बौद्ध प्रहरीले प्रकाउ गरेको छ।

    राईमाथि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद गरेर अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।

    राईले ती युवतीका हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology