आज भाइटीका : ११ : ५५ बजे उत्तम साइत

  • साझा डबली
  • मङ्लबार, कार्तिक १२, २०७६
  • काठमाडौं, कात्तिक १२। तिहारको अन्तिम दिन आज भाइटीका मानिदैछ । भाइटीका पर्व दिदीभाइको पवित्र प्रेमको प्रतीक हो । यो दिन दिदीबहिनीको घरमा गएर भोजन गर्दा दाजुभाइको उमेर बढ्ने मान्यता छ ।

    भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । हुन त बिहान १० बजेदेखि दिउँसभरि नै टीकाको साइत छ ।

    धर्मग्रन्थहरूका अनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्नो घरमा दाजु यमराजलाई बोलाएर सत्कारपूर्वक भोजन गराउनुभएको हो । त्यसैले पनि आजको दिनलाई यमद्वितीया भन्ने चलन छ ।

    यमुनाको सत्कारबाट प्रसन्न भएका यमराजले यस्तो वर दिएका थिए : आजको दिन यमुनामा स्नान गरेर यमराजको पूजन गर्ने मानिसले यमलोक देख्नुपर्दैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology