कस्तो रहन्छ तिहारको मौसम ?

  • साझा डबली
  • सोमवार, कार्तिक ११, २०७६
  • काठमाडौं, कात्तिक ११। आज देशैभर मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।

    अरब सागरको उत्तर(पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवात अवस्थित छ र यो उत्तर(पश्चिमी दिशा तर्फ (ओमनतर्फ) बढिरहेको देखिन्छ ।

    यस प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना छैन । साथै बंगलादेश तथा भारतको पश्चिम बंगाल आसपासका क्षेत्रमा न्यून चापीय प्रणाली रहेको छ ।

    सोमबार दिउँसोको समयमा देशको पूर्वी र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ ।

    त्यसैगरी रातीको समयमा देशैभरि आंशिकदेखि सामान्य बदली रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology