जितविहीन नेपाली टोली आज स्वदेश फर्किँदै

  • साझा डबली
  • आइतवार, कार्तिक १०, २०७६
  • काठमाडौं, कार्तिक १०। इरानमा सम्पन्न एएफसी फुटसल च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटसल टोली आज स्वदेश फर्कदैँछ ।

    छनोटको सेन्टर र साउथ जोनको समूह एमा रहेको नेपाल जितविहिन हुँदै आज साँझ ७ बजे काठमाडौं आइपुग्नेछ ।

    नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग ६–० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४–१ को हार व्यहोरेको थियो । यस्तै अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ६–२ ले पराजित भएको थियो ।

    यस समूहबाट उज्वेकिस्तान र ताजिकिस्तानले फाइनल चरणमा स्थान बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology