वीरगन्जमा एक युवकको निर्मम हत्या, पोखरीको डिलमा शव भेटियो

  • साझा डबली
  • शनिबार, कार्तिक ९, २०७६
  • वीरगन्ज । वीरगंज महानगरपालिका अन्तरगत रहेको कार्यालय वारुण यन्त्र शाखामा कार्यरत एक युवाको निर्मम हत्या भएको छ ।

    गत बिहीबार साँझ बाट बेपत्ता रहेको उनको शव शनिवार भेटिएको हो ।

    उनको शव माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा फेला परेका हो ।

    नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको थियो । चिकित्सकका अनुसार टाउको र छातिमा २–२ र नाइटोमा १ गरी पाँच गोली लागेको छ।
    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उनको शव कपडामा बेरेर माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा भेटिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology