पारसको कप्तानीमा फक्रिएको नेपाली क्रिकेट

  • साझा डबली
  • मङ्लबार, अशोज २८, २०७६
  • काठमाडौं, असोज २८। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको राजीनामाको निर्णयले धेरैलाई अचम्मित तुल्यायो। अचानक उनको यस्तो निर्णय आउँदा उनका फ्यान फलोअर्सहरु समेत सरप्राइज नै भएका छन्।

    मंगलबार उनले विज्ञप्ति जारी गर्दै आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्। झण्डै एक दशकदेखि राष्ट्रिय टिकमको नेतृत्व सम्हालेका क्रिकेटर खड्का सफल र उत्कृष्ट कप्तानीका रुपमा परिचित छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै कप्तानी पद छाडेको निर्णय गरेका हुन्। सोमबार मात्रै आईसीसीले निलम्बन फुकुवा गरेको थियो।

    यस्तो छ उनको फेसबुक स्टाटस्
    पारसले आईसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेकोमा बधाइ दिदै अब नयाँ क्यानसँग नयाँ टिमले तिब्र गतिमा काम गर्नु पर्ने बताउँदै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

    कप्तान खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाको घोषणा गरेका हुन्। तर उनले आफूले राजीनामा दिनुको कारण भने खुलाएका छैनन्। उनले फसबुक स्टाट्समा लेखेका छन्, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

    को हुन् पारस खड्का ?
    विसं २०४४ साल कार्तिक ७ गते काठमाडौँमा जन्मिएका खड्का नेपाली क्रिकेटका अलराउण्डर खेलाडी हुन्। उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन्। खड्काले पहिलो अन्तर्राष्ट्रिय खेल अण्डर–१५ एसिया कप यूएईमा सन् २००२ डिसेम्बरमा खेलेका थिए। पारस सन् २००९ मा राष्ट्रिय टोलीको कप्तान भएका थिए । विनोद दासपछि कप्तानको जिम्मेवारी सम्हालेका पारसले १० वर्ष नेपाली क्रिकेटको कप्तानी सम्हाले ।

    खड्काले नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष प्रदान गर्ने वर्ष खेलाडी उपाधि दुई पटक प्राप्त गरेका छन् । उनले वि.सं. २०६६ र २०६९ को वर्ष खेलाडी उपाधि जितेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारसको नेतृत्वमा नेपालले वि.स. २०६९ मा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको थियो भने एकको फाइनलमा पुगेको थियो ।

    पारस कप्तान रहेको टिमले मलेसियामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन–४ र त्यस लगत्तै दुबईमा एसीसी एलिट ट्रफी-२०१३ को उपाधि जित्यो ।

    त्यस्तै नेपालमा सम्पन्न एसिसी टी–ट्वान्टी कप २०१३ को फाइनल खेलेको थियो । एसीसीका दुबै प्रतियोगितामा पारस ’म्यान अफ द सिरिज’ बने । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बल (एपिएफ)ले घरेलु प्रतियोगितामा पनि सफलता चुमेको थियो । न्युजिल्याण्डमा दुखद नतिजा निकाले पनि पारसको कप्तानिमा नेपालले बङ्गलादेशमा सम्पन्न टी-ट्वान्टी वल्र्डकपमा सुखद नतिजा निकालेको थियो ।

    नेपाली क्रिकेट टिमलाई सफल टिमका रुपमा स्थापित गर्नमा खड्काको निकै ठूलो योगदान रहेको देखिन्छ।

    उनले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाल डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुग्यो भने स्न २०१४ मा पहिलो पटक नेपाल टि–ट्वान्टी विश्व कपमा समेत सहभागी भएको थियो।

    पारस नेपालका ओडिआई र टी–ट्वान्टीमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्। उनले अहिलेसम्म नेपालको तर्फबाट छवटा एकदिवसीय अन्तर्राष्ट्रिय एवम् २७ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् भने नेपालको राष्ट्रिय टोलीबाट ४० वटा अन्य एकदिवसीय खेल र ५० वटा टी–२० खेल खेलेका छन्।

    यी खेलमा रह्यो पारसको शतक प्रहार

    २०१६ अप्रिल १८ मा विश्वक्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध – १०३ रन

    २०१८ फेब्रुअरी ८ मा विश्वक्रिकेट लिग डिभिजन २ मा युएईविरुद्ध – ११२ रन

    २०१९ जनवरी २८ यएईविरुद्धको एकदिवसीय शृंखला, यूएई- ११५ (१०९ बल, १५ चौका, १ छक्का)

    २०१९ सेप्टेम्बर २८, टी-२० त्रिदेशीय शृंखलामा सिंगापुरविरुद्ध, सिंगापुर- १०६ (५२ बल, ७ चौका र ९ छक्का)

    राजीनामा पछि के भन्छन् सामाजिक सञ्जाल प्रयोगकर्ता ?

    पारस खड्काको राजीनामा पछि विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले ट्वीट् मार्फत लेखेका छन्, धन्यवाद पारस खड्का तपाईँको विवेकशील नेतृत्वका लागि।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology