चिनियाँ राष्ट्रपति सी राजकीय भ्रमणमा आज नेपाल आउँदै

  • साझा डबली
  • शनिबार, अशोज २५, २०७६
  • काठमाडौं, असोज २५। चिनियाँ राष्ट्रपति सी जिनपिङ राजकीय भ्रमणका लागि शनिबार नेपाल आउँदै छन् । भारतमा रहेका राष्ट्रपति सी शनिबार साँझ ५ बजे काठमाडौं आइपुग्ने छन।
    उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तथा विमानस्थलमै गार्ड अफ अनर प्रदान गर्ने तयारी छ । सी ले राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ ।

    दुई देशबिचको सम्बन्ध र सहकार्य बिस्तार तथा थप मजबुद बनाउनका लागि महत्वपूर्ण अवसर रहेकाले सी को भ्रमणलाई चाडकै रुपमा मनाउने तयारी सरकारले गरेको यसअघि नै बताइसकेको छ।

    सी को भ्रमणका क्रममा कनेक्टिभिटी, अरनीको राजमार्गको स्तरोन्ती, केरुङ–छहरे सुरुङ मार्ग, रेल मार्ग, विद्युतको अन्तरदेशीय ट्रान्समिसन लाइन बिस्तारसहितका विषयमा छलफल तथा सहमति हुने जनाइएको छ ।

    यस्तै चीनसँग जोडिएका उत्तरी सीमा नाका किमाथाङ्का, कोरल्ला र हिल्साको स्तरोन्तीका बारेमा पनि छलफल हुनेछ।

    सी आइतबार स्वदेश फर्किने छन् ।

    यस्तो छ सीको नेपाल भ्रमणको तालिका

    शनिबार

    ५ः०० बजेः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत

    विमानस्थलमै सैनिक सलामी अर्पण

    सी सोल्टी होटल प्रस्थान

    ६ बजेः राष्ट्रपति भवन शीतल निवास प्रस्थान

    ६ः३० बजेः राष्ट्रपतिद्वयबीच भेट

    ७ः१५ बजेः भेटपछि सोल्टी होटल फिर्ता, प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

    ७ः३० बजे: राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा सांगीतिक प्रस्तुति

    आइतबार

    १०ः३० बजे: नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता

    ११ः३० बजे : प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता

    १ः०० बजे : स्वदेश फिर्ता

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology