ग्वार्कोबाट बल्खु तर्फ गई रहेको स्कार्पियोले ठक्कर दिदा सातदोबाटोमा एक महिलाको मृत्यु

  • साझा डबली
  • मङ्लबार, अशोज २१, २०७६
  • काठमाडाैं, असोज २१ । ग्वार्कोबाट बल्खु तर्फ गई रहेको ना १ ज ७६४५ नम्बरको स्कार्पिओ गाडीले ठक्कर दिदा काठमाडौं–२० भिमसेनगोला बस्ने वर्ष ५९ की सरिता वनको मृत्यु भएको प्रहरीले जनाएको छ । सख्त घाइते वनलाई उपचारको क्रममा वि एण्ड वि हस्पिटल लगिएको र उपचारकै क्रममा मृत्यू भएको हो ।

    ललितपुरको सातदोबाटो स्थित पौडी पोखरी अगाडिको बाटो क्रस गर्नेमा सोमबार दिउसो बल्खुबाट विरगंज चल्ने स्कार्पिओले ठक्कर दिएको महानगरिय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताए ।

    उनका अनुसार ठक्कर दिने गाडीका चालक सुमन तामाङ फरार रहेको र उनको खाजी गर्ने कार्य जारी रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको वृत्त प्रमुख मिश्रको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology