दशैंकाे मुखमा मनसुन कमजोर, यस्तो छ तीन दिनको मौसम

  • साझा डबली
  • आइतवार, अशोज १९, २०७६
  • काठमाडौं, असोज १९ । भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ, यहि न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु–भागमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु–भागमा आंशिकदेखि सामान्य बदलि भएको छ। हाल देशभर आंशिकदेखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू–भागमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ ।

    असोज १९ गते (आइतबार)
    दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहि मध्य तथा पुर्वी भु–भागमा थोरै स्थानहरुमा र पश्चिमी भु–भागका १ वा २ स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागमा थोरै स्थानहरुमा र पश्चिमी भु–भागका १ वा २ स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।

    असोज २० गते (सोमबार)
    दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    असोज २१ गते (मंगलवार) शुभ विजयादशमि को दिन
    दिउँसोः देशभरि आंशिकदेखि सामान्य बदली रहि मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।

    रातीः देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    देशभर आंशिकदेखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भु–भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना भएकोले सामान्य सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology