दशैंको पाँचौं दिन आज स्कन्दमाताको पूजा हुँदै

  • साझा डबली
  • बिहिबार, अशोज १६, २०७६
  • काठमाडौं, असोज १६। बडादशैंको पाँचौ दिन आज देवीको पाँंचौं रुप स्कन्दमाताको पूजाआराधना हुँदैछ ।

    भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक  मानिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ।

    यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन ।  यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology