छानबिनमा सघाउन तयार छुः सभामुख महरा

  • साझा डबली
  • मङ्लबार, अशोज १४, २०७६
  • काठमाडौं, असोज १४। सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको  आरोपमा छानबिनका लागि सहज वातावरण बनाउन तयार रहेको बताएका छन ।

    आफूले घटनाबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत जानकारी गराएको बताएका छन । तर महराले आफूले तत्काल राजिनामा नदिने स्पष्ट गरेका छन ।

    आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका महराले एक दुई दिन अझै घटनाबारे बुझ्ने  बताए । आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराको यो प्रतिक्रिया आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology