खुलमखुला ठगीः काउन्टरबाटै बढी मूल्य लिएर टिकट बिक्री

  • साझा डबली
  • मङ्लबार, अशोज १४, २०७६
  • काठमाडौँ, असोज १४। दशैँको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन्। व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन्।

    दशैँमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ। बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ।

    चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन्। टिकट काउन्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ। आजको राजधानी दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology