त्रिकोणात्मक क्रिकेटमा नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेल खेल्ने

  • साझा डबली
  • मङ्लबार, अशोज १४, २०७६
  • काठमाडाैं, असोज १४।  सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी-ट्वेन्टी क्रिकेट श्रृ‌ंखलामा नेपालले मंगलबार टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ ।

    पहिलो खेलमा ५ विकेटको पराजय व्यहोरेको नेपाललाई मंगलबार जिम्बावेविरुद्ध बदला लिने मौका छ । इन्डियन एसोसियसनको मैदानमा नेपाल र जिम्बावेबीचको खेल साँझ सवा पाँच वजे शुरु हुनेछ । नेपाल जिम्बावेलाई हराएर श्रृ‌ंखलाको उपाधि दौड बलियो बनाउने योजनामा छ ।

    आयोजक तथा एसोसियट राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई ४ रनले हराएपछि नेपालको उपाधि यात्रा केही सहज भएको छ । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ ।

    नेपालले सिंगापुरलाई ९ विकेटले हराउँदा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए । जिम्बावेले पनि २ खेलमा २ अंक जोडेको छ । तर, नेपाल नेट रन रेटको आधारमा शीर्ष स्थानमा छ । सिंगापुरको पनि २ अंक छ । त्यसैले ३ वटै टोलीले उपाधि जित्ने सम्भावना छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology