देशभरका अदालत दसैं बिदामा १५ दिन बन्द रहने

  • साझा डबली
  • सोमवार, अशोज १३, २०७६
  • काठमाडौं, असोज १३। देशैभरका अदालत आइतबारबाट बन्द भएका छन् । सबै अदालत कोजाग्रत पूर्णिमाको भोलिपल्ट २६ असोजदेखि मात्रै खुल्नेछन् ।

    घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म प्रत्येक वर्ष बिदा हुँदै आएकोमा यस वर्ष पनि सबै तहका अदालत तथा न्यायाधीकरणमा बिदा दिइएको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

    अदालतहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिने र उनीहरूको उपस्थितिमा मुद्दाको सुनुवाइ, पेसी र तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ ।

    अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने काम भने यथावत् नै रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology