गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प

  • साझा डबली
  • शनिबार, अशोज ४, २०७६
  • काठमाडौँ, असोज ४ । गोरखा केन्द्रबिन्दु भएर आज (शनिबार) बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

    केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार बिहान ६ बजेर १९ मिनेट जाँदा गएको भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको छ।

    एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु एउटा भूकम्प गइसकेको केन्द्रले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology