आजको मौसम – मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा

  • साझा डबली
  • बिहिबार, अशोज २, २०७६
  • काठमाडौं, असोज २। हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ भने पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार भारतको मध्य प्रदेशको उत्तरी भागमा तथा उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । साथै बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि सक्रिय छ ।

    हाल देशको सुदुर पश्चिम प्रदेशमा आंशिक बदलि रहेको छ भने बांकी प्रदेशका भू–भागहरुमा सामान्यदेखि पूर्ण बदलि भई ति प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्य वर्षा भइरहको छ ।

    असोज ०२ गते (बिहिबार)
    दिउँसोः देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका केही स्थानहरुमा र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

    रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    असोज ०३ गते (शुक्रबार)
    दिउँसोः देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

    रातीः देशभरी आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मध्य तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology