गण्डकी मेडिकल कलेजका विद्यार्थीद्धारा पोखरामा प्रदर्शन

  • साझा डबली
  • बुधबार, अशोज १, २०७६
  • काठमाडौं, असोज १। ३ हप्तादेखि आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।

    सरकारले तोकेको भन्दा बढि शुल्क लिएको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीको बिषयमा सम्बन्धीत निकायले चासो समेत व्यक्त गरेका छैनन् ।  सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेज २० दिनदेखि पठनपाठन ठप्प छ ।

    भदौ १० देखि प्रदर्शनमा उत्रिँदै आएका उनीहरूले १८ गते कलेजमा तालाबन्दी गरे । प्रशासनले भदौ २५ मा १५ विद्यार्थीलाई पक्राउ गरेर साँझ छाडिदिएयता दिन बिराएर प्रदर्शन हुने गरेको छ ।

    यसैबीच,चर्को शिुल्कको विरुद्ध गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुपनि आन्दोलनमा उत्रिएका छन्  ।

    माग सुनुवाई नभएपछि चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार साँझ विज्ञप्ति निकालेर आन्दोलन थप चर्काउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology