आजको मौसम – चट्टयांग सहित हल्का देखि मध्यम वर्षा

  • साझा डबली
  • बुधबार, अशोज १, २०७६
  • काठमाडौं, असोज १। हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भाग औसत स्थानको आसपासमा रहेको छ र पुर्वी र मध्य भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ रहेको छ। साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ | बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

    देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
    हाल देशका अधिकांस भूभागहरुमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेग गर्जन सहित हल्का देखि मध्य वर्षा भइरहको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

    असोज ०१ गते (बुधबार)

    दिउँसो: देशभरी सामान्य देखि पुर्ण बदली रही पश्चिम तथा मध्य भुभागका धेरै स्थानमा र बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

     राती: देशको पश्चिमी तथा मध्यमा सामान्य देखि पुर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदलि  रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ।  पश्चिमका एक/ दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    असोज ०२ गते (बिहिबार)

    दिउँसो: देशभरी आंशिक देखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

    राती:  देशभरी आंशिक देखि सामान्य  बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

    असोज ०३  गते (शुक्रबार)

    दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रही थोरै  स्थानहरुमा  मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

    राती:  देशभरी आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमका  केही स्थानहरुमा  र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

    देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानमा मेघ गर्जन/चट्टयांग सहितको वर्षा हुने साथै देशका थोरै स्थानहरुमा  भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने तथा  नदिहरुमा  पानीको वहाब बढ्न सक्ने भएकोले सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology