सिंहदरवारबाटै पत्रकार पक्राउ !

  • साझा डबली
  • सोमवार, भदौ ३०, २०७६
  • काठमाडाैं,भदाै ३० । प्रहरीले नेपाल पत्रकार महासंघका प्रतिनिधि र पत्रकारलाई सिंहदरवारवाट पक्राउ गरेको छ । रेडियो नेपालबाट निष्कासित पत्रकार पुनर्बहालीको मागसहित वार्तामा गएका पत्रकारलाई सोमबार दिउँसो पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य यम विरही, जन्मदेव जैसी, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, योगेन्द्र बलायर, दिलीप पौडेल, निष्कासित पत्रकारहरू चक्र कुवँर र प्रकाश बम छन्।

    रेडियो नेपाल दिपायबाट निकालिएका पत्रकार चक्र कुँवर, प्रकाश बम र सुनिता रावललाई पुनर्बहालीको मागसहित उनीहरू रेडियो नेपाल व्यवस्थापनसँग वार्ता गर्न गएका थिए। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसँग भएको वार्तामा कुरा नमिलेपछि वार्ता टोलीमा रहेकाहरू बाहिरिएका थिए।

    वार्ता टोलीसहित करिब ४० को संख्यामा रहेका पत्रकारहरूले रेडियो नेपालको गेटमा ताला लगाउन खोजेपछि प्रहरी आइपुगेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology