छोराको मृत्यु वियोगमा बुबाले गरे आत्महत्या !

  • साझा डबली
  • सोमवार, भदौ ३०, २०७६
  • पाल्पा, भदौ ३० । छोरा गुमाएको पिडामा पाल्पामा एक बृद्धले आत्महत्या गरेका छन् ।

    गएको शनिबार हृदयघाटका कारण मृत्यु भएका त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाका शिक्षण सहायक कृष्ण प्रसाद तिमिल्सिनाका बाबु ६५ बर्षिय भिमराज तिमिल्सिनाले सोमबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

    रामपुर नगरपालिका १० हेक्लाङ्मा सोमबार एका बिहानै भिमराजले घरनजिकै आत्महत्या गरेको छिमेकी तुल्सीप्रसाद भण्डारीले जानकारी दिए । पाल्पाका नर्सिङ कलेज, मिलेनियम कलेजमा समेत शिक्षण गर्ने कृष्ण तिमिल्सिना तानसेन स्थित सुर्यादय केवल टेलिभिजनका अध्यक्ष पनि थिए ।

    ४० बर्षको उमेरमै छोराको ज्यान गएपछि कृष्णका बुवा बिछिप्तभएका छिमेकीले जनाएका छन् ।

    ३ दिनको बिचमा बाबु छोराको ज्यान गएपछि अहिले हेक्लाङ् गाउँ शोकमा डुबेको छ । श्रीमतीसंगै तानसेन बस्दै आएका स्वर्गिय कृष्णका आमा र भाईबिहिनी गाउँमै बस्दै आएका छन् ।

    तस्विर : स्व.छोरा कृष्ण प्रसाद तिमिल्सिना

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology