राजधानीको गोलढुंगामा गोली चल्यो

  • साझा डबली
  • शुक्रबार, भदौ २७, २०७६
  • काठमाडौ, भदौ २७ । शुक्रबार काठमाडौंको गोलढुंगामा गोली चलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले साजन गुरुङलाई गोली हानेको हो।

    धादिङका स्थायी बासिन्दा गुरुङ निर्माण व्यवसायीसँग धम्क्याएर रकम असुलीमा संलग्न रहेको भन्दै उजुरी परेको थियो । उनी प्रहरीको गोली घाइते भएका छन् ।

    गुरुङ प्रहरीको नियन्त्रणबाट भाग्न लाग्दा प्रहरीले गोली चलाएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए। गुरुङको खुट्टामा गोली लागेको उनले बताए।

    विशेष सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली गुरुङलाई खोज्न गोलढुंगा पुगेको थियो । प्रहरीले घाइते गुरुङलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा लगेको छ । गुरुङको साथबाट कटुवा पेस्तोल र सोको दुई राउण्ड गोली बरामद भएको छ ।

    यसैबीच प्रहरीले गुरुङ निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्याका प्रमुख आरोपी समीरमानसिंह बस्न्यातका सहयोगी भएको खुलासा भएको छ । बस्नेत हाल केन्द्रीय कारागारमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology