सन्नी लियोनी काठमाडौंमा

  • साझा डबली
  • शुक्रबार, भदौ २७, २०७६
  • काठमाडौ, भदौ २७ । नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार अपराह्न काठमाडौं आइपुगेकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी नेपाल आएकी हुन् ।

    बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो ।

    एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको विश्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

    सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

    बेलायतमा छायांकन भएको फिल्मको गीत पनि उतै खिचिएको हो । ‘पासवर्ड’ भदौ २७ देखि अल नेपाल रिलिज हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology