आजको मौसम : मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना

  • साझा डबली
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौँ, भदौ २५।  पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार)सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

    महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ– मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) छ र अन्य स्थानमा आसपासमा अवस्थित छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ।’

    महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ भने मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा ठूलो पानी पर्ने मौसमी संकेत देखिएको छ।

    काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology