गुरूङको साथबाट डेढ किलो सुन बरामद

  • साझा डबली
  • सोमवार, भदौ २३, २०७६
  • काठमाडौं, भदौ २३। हिमालय एअरलाइन्सबाट कतारबाट काठमाडौं आउँदै गरेका होमबहादुर गुरूङको साथबाट प्रहरीले डेढ किलो सुन बरामद गरेको छ।

    करूवाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा विमानस्थल प्रहरीले चेक जाँच गर्दा उक्त परिणामको सुन बरामद गरेको प्रहरीले जनाएको छ।

    प्रहरीले गुरङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology