कुन बार जन्मने मानिस कस्ता ?

  • साझा डबली
  • शनिबार, भदौ २१, २०७६
  • काठमाडौँ । सात दिनमा सात बार पर्दछन् र हरेक बारकाे कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारकाे मंगल, बुधबारको बुध, बिहीबारको वृहस्पति, शुक्रबारको शुक्र र शनिबारको कारक ग्रह शनि हो ।

    ज्योतिषी शास्त्रका अनुसार व्यक्तिको जन्म जुन बार हुन्छ, त्यस बारको कारक ग्रहको प्रभाव सम्बन्धित व्यक्तिको स्वभाव र भविष्यमा पर्दछ । कुन कार्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जन्मबारका आधारमा पत्ता लगाउन सकिने ज्याेतिषीय मत रहेकाे छ ।

    आइतबार जन्म पर्ने व्यक्ति : भाग्यमानी हुन्छन् । आयु लामो हुन्छन् । कम बोल्ने हुन्छन् । कलाकार हुन्छन् । मान–सम्मान मिल्छ ।
    धर्ममा रुची राख्छन् । सबैलाई खुशी राख्छन् ।

    सोमबार जन्म पर्ने व्यक्ति :  मिजासिलो हुन्छन् । मिठो बोल्छन् । बहादुर हुन्छन् । कफ रोगबाट ग्रसित हुन्छन् । सबै सुविधाबाट सम्पन्न हुन्छन् । कमलाकार हुन्छन् । मेहनेति हुन्छन् ।

    मंगलबार जन्म पर्ने व्यक्ति :  उग्र स्वभावका हुन्छन् । विवादमा फस्छन् । छालाको रोगबाट ग्रसित । बहादुर हुन्छन् । रचनात्मक हुन्छन् । सधै तनावमा रहने हुन्छन् । राम्रो नेतृत्व गर्ने हुन्छन् ।

    बुधबार जन्म पर्ने व्यक्ति :  धार्मिक हुन्छन् दिमाग तगडा हुन्छन् । मिठो बोल्ने हुन्छन् । वुद्धिको कामबाट लाभ लापरवाहि गर्ने हुन्छन् । अरुलाइ लोभ्याउँछन् । बहुमुखी प्रतिभाशाली हुन्छन् ।

    बिहीबार जन्म पर्ने व्यक्ति : वुद्धिमानी हुन्छन् । धेरै डराउने हुन्छन् । असल मित्र हुन्छन् । भाग्यशाली हुन्छन् । कुनै कुरामा कट्टर हुन्छन् । सधैं खुशी हुन्छन् । असाधारण व्यक्तित्व ।

    शुक्रबार जन्म पर्ने व्यक्ति :  राम्रो प्रवक्ता हुन्छन् । सहनशील हुन्छन् । मुश्किलदेखि डराउँछन् । कलाकार हुन्छन् । करियरमा सफल हुन्छन् । बुद्धिमानी हुन्छन् । समाजमा प्रतिष्ठित हुन्छन् ।

    शनिबार जन्म पर्ने व्यक्ति :  कृषि व्यापारबाट लाभ पाउँछन् । परिश्रमी हुन्छन् । तनावबाट ग्रसित हुन्छन् । मित्रतामा सावधान घरपरिवारमा सुख पाउने हुन्छन् । अरुको इष्या गर्ने हुन्छन् । जोखिमदेखि डराउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology