गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गर्ने कलवारका दिनदशा शुरू

  • साझा डबली
  • सोमवार, भदौ १६, २०७६
  • काठमाडौं, भदौ १६। ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी) लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

    पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार प्रकाशित भएको थियो ।

    कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।

    अन्नपूर्ण पोष्ट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology