दरबारमार्गस्थित नबील बैंकको एटिमएम लुटियो

  • साझा डबली
  • आइतवार, भदौ १५, २०७६
  • काठमाडौं, भदौ १५। दरबारमार्गस्थित नबिल बैङ्कको एटीएमबाट रकम चोरी गर्ने पाँच चिनियाँ पक्राउ परेका छन् । प्रहरीले उनीहरुको परिचय खुलाएको छैन ।

    आजै दिउँसो पत्रकार सम्मेलन गरी दरबारमार्गस्थित नबील बैंकको एटिमएम लुटियो, आजै दिउँसो गिरोहलाई सार्वजनिक गर्ने तयारी छ । महानगरीय प्रहरी परिसर काठमाडाैंको टोलीले उनीहरुलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।

    उनीहरुका साथबाट १ करोड २६ लाख नेपाली र करिब १० हजार अमेरिकी डलर बरामद भएको छ । अनधिकृत रुपमा नबील बैंकबाट पैसा निकाल्दै गर्दा पक्राउ परेका एक जनाको सूचनाका आधारमा बाँकीलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology