अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

  • साझा डबली
  • शुक्रबार, भदौ १३, २०७६
  • काठमाडौं, भदौ १३। भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी वनाउने निर्णय गरेको छ ।

    एकतामा साविक एमाले निकट अनेरास्ववियुवाट १८० जना र साविक माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) बाट १५५ जना रहनेछन् ।

    यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ ।

    अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि  छलफल गर्न सकिने जनाइएको छ।

    आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज विनोद ढकाल, संय‍ोजक ऐन महर , सहसंयोजक रञ्जित तामाङ सहितको औपचारिक वैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।

    राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति
    संयोजक – ऐन महर
    सदस्य – सुरेन्द्र बस्नेत
    सदस्य – पञ्चा सिंह

    विधान मस्यौदा उपसमिति
    संयोजक – रञ्जित तामाङ
    सदस्य -सुनिता वराल
    सदस्य – समिक वडाल

    आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति
    संयोजक – उत्तम अधिकारी
    सदस्य -आरसि लामिछाने
    सदस्य -झपिन्द्र खत्री
    सदस्य – केशव रावल

    आजको वैठकले एकताको केन्द्रीय समितिको पहिलो वैठक भाद्र ३१ र १ गते बस्ने निर्णय समेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology