च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक: कुन समूहमा को-को ?

  • साझा डबली
  • शुक्रबार, भदौ १३, २०७६
  • काठमाडौं, भदौ १३। युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ।

    युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युएफाले बिहीबार सार्वजनिक गरेको समूह चरणको खेल विभाजनमा प्रतियोगिताको सबैभन्दा सफल टिम रियल मड्रिडसँगै फ्रान्सको पीएसजी, बेल्जियमको क्लब ब्रुगे र टर्कीको गलातासारे समूह ए मा परेका छन्।

    समूह बीमा बेल्जियमको रेड स्टार बेल्ग्रेड, जर्मन क्लब बायर्न म्युनिख, गत संस्करणको उपविजेता इंग्लिस क्लब टोटनह्याम र ग्रिसको ओलम्पियाकोस परेका छन्।

    यस्तै समूह सीमा इंग्लिस क्लब म्यानचेस्टर सिटी, युक्रेनको शाक्टर डोनेस्ट्क, क्रोएसियाको डाइनामो जाग्रेव र इटालियन क्लब एटलान्टा छन्।

    सूचीमा हेर्नुहोस् कुन समूहमा कुन-कुन टिम परे ?

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology