आजको मौसम: आंशिकदेखि सामान्य बदली रहने

  • साझा डबली
  • सोमवार, भदौ ९, २०७६
  • काठमाडौं, भदौ ९। आज सोमबार काठमाडौँ लगायत देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी समयमा वर्षा गराउने प्रणली साविक स्थानभन्दा केही दक्षिणतर्फ सरेकोले केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभरी सामान्य बदली रहि केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ ।

    यस्तै, आज राति पनि पश्चिमका केही भूभागामा भारी वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology