रविसँग मिलेर शालिकरामलाई बलात्कार केसमा फसाउन खोजेको अस्मिताको बयान

  • साझा डबली
  • सोमवार, भदौ ९, २०७६
  • काठमाडौं, भदौ ९। रवि लामिछाने सहित ३ जनाको नाम पोलेर आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीलाई आफुहरुले बलात्कारको केसमा फसाउन खोजेको अस्मिता भनिने रुकु कार्कीले स्विकार गरेको बतााइएको छ । चितवन प्रहरीले आईतबार अभियोजन पत्र दर्ता गरेपछि भएको बयानका क्रममा आत्महत्या गर्न दुरुत्साहन गरेको आभियोगमा पक्राउ परेकी अस्मिताले टिभी कार्यक्रम संचालन रवि लामिछाने, युवराज कंंडेल र आफु मिलेर पुडासैनीलाई बतात्कार केसमा फसाउन लागेको स्विकार गरेको बताइएको छ ।

    आईतबार चितवन प्रहरीले पुडासैनीको आत्महत्या अघिको भिडियो र त्यसपछि गरेको अनुसन्धानहरुको संकलन गरेर रवि लामिछाने, युवारज पुडासैनी र अस्मिता कार्कीलाई ३ वर्ष कैद र ५० हजार जरिवानाको माग गर्दै अभियोग पत्र दर्ता गराएको थियो । अभियोग पत्र पछि आईतबार अस्मिताको बयान भएपनि युवराज र रविको आज गर्ने तयारी जिल्ला अदालतको छ । तीनै जनाको बयान सकिएपछि थुनछेक बहस गरेर चितवन जिल्ला अदालतले आवश्यक निर्णय लिनेछ । मृतक पुडासैनीले आफ्नो भिडियोमा दावी गरेको र अस्मिताले दिएको बयान मिल्न गएको देखिएको बताइन्छ।

    अस्मिताले पुडासैनिसँगको सम्बन्धबाट छुटकारा पाउन न्यूज २४ को टिभीको सिधा कुरा जनतासँगको टोलीलाई गुहारेको, आफुपनि टेलिभिजनमा पुगेको बताएको बताइएको छ । तर यसअघि रविले भने अस्मितासँग अहिले सम्म चिनजान र भेटघाटै नभएको दावी गरेका थिए । आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेको पनि बताइएको छ । उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology