रवि लामिछानेसहित तीन जनाविरूद्ध मुद्दा दर्ता

  • साझा डबली
  • आइतवार, भदौ ८, २०७६
  • काठमाडौं, भदौ ८ । चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ ।

    तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत ३० साउनमा पक्राउ परेका रविसहित तीनै जनालाई दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गराएको हो ।

    प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ । पुडासैनीले आत्महत्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

    मुद्दा भएकाले अव थुनछेक बयान लिइनेछ । बयानपछि थुनामै राखेर मुद्दा चलाउने, धरौटी माग्ने वा साधरण तारेखमा छोड्नेबारे बहस हुनेछ । बहसपछि मात्रै अदालतले आवश्यक निर्णय लिनेछ ।

    मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आ*त्मह*त्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

    गत २० साउनमा पत्रकार पुडासैनी आ*त्मह*त्या अगाडि दिएको भिडियो रेकर्डका आधारमा उनीहरुलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology