आजको मौसम- बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना

  • साझा डबली
  • आइतवार, भदौ ८, २०७६
  • काठमाडौं, भदौ ८। देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

    मौसमविदका अनुसार पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।

    त्यस्तै पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology