अधिक मद्यपान गरेकाले विमानबाटै फर्काइए सिंगापुर हिँडेका एनआरएनए अध्यक्ष भट्ट

  • साझा डबली
  • आइतवार, भदौ ८, २०७६
  • काठमाडौं, भदौ ८। सिंगापुर जान लागेका गैर–आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइका छन्।

    एनआरएनए अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपानेलाई अधिक मद्यपान गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइएको बताइएको छ ।
    सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनी विमानमा बसिसकेको अवस्थामा फर्काइएका हुन्।

    उनीहरुले मद्यपान गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको बताईन्छ । टोलीमा सहभागी शुभदिन अनलाइनका सञ्चालक न्यौपानेले आफूहरु विमानमा चढिसकेको अवस्थाबाट फर्काइएको स्वीकारेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सोतर्फ जान लागेका आफूहरुलाई सिल्क एयरलाइन्सले अभद्र व्यवहार गरेको उनले आरोप लगाएका छन।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology