गुठीले हडप्यो पशुपतिको जग्गा

  • साझा डबली
  • शनिबार, भदौ ७, २०७६
  • काठमाडौं, भदौ ७। राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ ।

    संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।

    सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।

    पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ ।

    राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो । यो समाचार अन्नपूर्ण पोष्ट्मा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology