सकियो रवि लामिछानेको बयान,अव के होला ?

  • साझा डबली
  • सोमवार, भदौ २, २०७६
  • चितवन, भदौ २ ।  पत्रकार शालिकराम पुडासैनीको आत्मह-त्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम आज सकिएको छ ।

    चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा पुडासैनीलाई आत्मह-त्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि मंगलबार म्याथ थपका लागि प्रहरीले तीनैजनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ ।

    पाँच दिनको म्याद आज राती १२ बजे सकिदैछ । पोष्टमार्टम रिपोर्ट आज (सोमबार) पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology