चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन

  • साझा डबली
  • शनिबार, साउन ३२, २०७६
  • काठमाडौँ, साउन ३२ ।  नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । लामो समयदेखि दमको रोगबाट पीडित ७३ वर्षीया अधिकारीको शनिबार बिहान काठमाडौँको डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो।

    पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गरेकी उनले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन्।

    चलचित्र ‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गरकी अधिकारीले ‘चिनो’, ‘कन्यादान’, ‘भाउजु’, ‘अल्लारे’ लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेकी छन्। उनी सफल रंगकर्मी पनि हुन् ।

    २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीपछिल्लो समयसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् । उनका १ छोरा र १ छोरी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology