श्रीमती र सासुलाई खुकुरी प्रहार

  • साझा डबली
  • शुक्रबार, साउन ३१, २०७६
  • पाँचथर, साउन ३१ ।  पाँचथरमा एक व्यत्तिले श्रीमती र सासुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् । जिल्लाको कुम्मायक गाउँपालिका –१, पेन धारा स्थित श्रीमती लैजान ससुराली आएका ज्याईले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।

    झापा स्थित दमक नगरपालिका–२, का जिवन दर्नाले श्रीमती सिता दमाई र सासु भिमकला दमाईलाई खुकुरी पप्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलका अनुसार दर्नाल केहि दिन अघि श्रीमती लैजान सासुराली आएका थिए ।

    श्रीमती घर जान नमाने पछि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पौडेलको भनाई छ । खुकुरी प्रहारबाट भिमकलाको बायाँ हात र बायाँ गालामा चोट लागेको छ । सिताको बायाँ हातमा गम्भिर चोट लागेको पौडेलले जानकारी दिए । सिताको अवस्था गम्भिर हरेको उनको भनाई छ ।

    घाईते दुबै जनाको जिल्ला अस्पतालमा पाँचथरमा उपचार हुन नसकेपछि झापा रेफर गरीएको पौडेलले जानकारी दिए । खुकुरी प्रहार गरी शक्त घाईते बनाएर दर्नाल फरार भएको पौडेलले बताए । दर्नानको खोजिकार्य भइरहेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology