नेकपा प्रदेश ५ का संयोजक ढकालको निवासमा मध्यरातमा ३ वटा बम प्रहार

  • साझा डबली
  • शुक्रबार, साउन ३१, २०७६
  • बुटवल, साउन ३१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो ।

    ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा  र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

     

     

    सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् । उनले आफु उपचारको लागि काठमाडौँ रहेको बेला राती दुई बजेतिर घरमा बम प्रहार भएको जानकारी पाएको बताए ।

    घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वमा  घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाबारे बिभिन्न व्यतिहरु सोधपुझ  गरीरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology