५.४ म्याग्नीच्युडको भूकम्पको धक्का महशुस

  • साझा डबली
  • बिहिबार, साउन ३०, २०७६
  • काठमाण्डौँ, साउन ३० । टोकियो-जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।  जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ ।

    यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९.० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो ।

    – सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology