पोखराका एघार वडा कार्यालयमा चोरी गर्ने एउटै व्यक्ति, १४ महिनापछि समातिए

  • साझा डबली
  • बुधबार, साउन २९, २०७६
  • पोखरा,साउन २९ ।  पोखरा महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ११ घर भई पोखरामा डेरा गरेर बस्दै आएका ५१ वर्षीय किशोर थापालाई प्रहरीले एक वर्षपछि समातेको हो ।

    प्रहरीले उनीसँगै चोरीको सामान किन्ने काठमाडौंका रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको छ । उनको कलंकीमा कम्प्युटर पसल रहेको र त्यहाँ चोरीको सामान किनबेच हुने गरेको खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गरेको हो ।

    थापाले गएको एक वर्षमा पोखराका ११ वटा वडा कार्यालयमा चोरी गरेका थिए । गत वर्ष जेठ महिनाबाट पोखराका वडा कार्यालयमा शृंखलाबद्ध चोरीको घटना सुरु भएपनि प्रहरीले चोर पक्राउ गर्न सकेको थिएन । पोखराको वडा नम्बर ५, ६, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ मा चोरी भएको थियो।

    वडा कार्यालयबाट कम्प्युटर चोरी हुँदै आएको थियो। थापाले ती कम्प्युटर गोपालीलाई बेच्ने गरेका थिए । पक्राउ परेका थापा यसअघि पनि दुई पटक चोरी मुद्दामा जेल परेका थिए । पछि छुटेपछि उनले फेरी चोरी गर्न सुरु गरेको अनुसन्धानबाट खुलेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology